Welcome to Chitwan Mutu Aspatal Pvt. Ltd, Bharatpur Chitwan
Emergency  Call at +056-598340

मुटु ठिक राख्ने तरिका

Home
Hospital  Introduction 
मुटु ठिक राख्ने तरिका

मुटु ठिक राख्ने तरिका

February 14, 2021
By

हाम्रो शरीरमा धेरै अंग छन् । धेरै अंगहरु दुईवटा भएपनि मुटु एउटा मात्रै हुन्छ । मष्तिस्कको पनि दुई भाग हुन्छ।किड्नी,फोक्सो दुईवटा हुन्छ । कलेजो दायाँ बायाँ दुई भाग हुन्छ। बाहिरबाट हेर्दा मुटु मुठ्टी आकारको हुन्छ।मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि।

मुटुबाट दुईवटा नसा निस्किएका हुन्छन् जसमध्ये एउटा  टाउकोबाट आएको हुने गर्छ भने अर्को शरीरको तल्लो भागबाट आउँछ। तलबाट आउने नसाले फोहर रगत लिएर आउछ। यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ। फोक्सोमा पुगेपछि अक्सिजन युक्त रगत मुटुको देब्रे भागमा चारवटा नलि मार्फत फर्किन्छ। मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ । स्वस्थ मुटुले यसरी काम  हुन्छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटक सम्म धड्किन्छ। भर्खर जन्मिएको बच्चाको १ मिनेटमा १ सय ४० पटक धड्किन्छ । उमेरसँगै मुटुको धडकन कम हुदै जान्छ।

मुटु स्वस्थ राख्ने कसरी राख्ने ?

 

शरीरको तौल नियन्त्रण हुनुपर्छ । अहिले सहरीया जिवनशैलीका कारणले शरीरको वजन एकदमै बढिरहेको छ । यसको लागि शारीरिक ब्यायम गर्नुपर्छ । यसको लगि कम्तिमा ३० मिनेट पसिना आउने गरि ब्यायम गर्नुपर्छ । तारेको भुटेको खानेकुराहरु सकेसम्म खान भएन ।कार्वोहाइड्रेट बढि हुने भात आलु गुलियो पदार्थहरु कम खानुपर्छ।

धुम्रपान र मद्धपानबाट टाढा रहनुपर्छ। चिन्तारहित जिन्दगी जिउने प्रयास गर्नुपर्छ।नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्छ।

विशेष गरि ३५ वर्षभन्दा माथिको उमेर भएकाहरुले बर्षमा २ पटक स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

यसैगरी सुगर र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्छ भने चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ।

दौडादौडको दैनिकीले मानिसलाई भागिरहने-दौडिरहने बनाएको छ । यसले गर्दा मुटुको धडकन पनि बढ्न जान्छ । यसलाई पनि नियन्त्रण गर्न सक्नुपर्छ । पर्याप्त मात्रामा सुत्नपर्छ । यदि सुताइ पुगेन भने मुटुको चालमा गडबढी हुन सक्छ । हरियो सागसब्जी फलफुल हरियो तरकारी भिटामिन भएका खानाहरु र स्वच्छ अनि ताजा खानेकुरामा बढि जोड दिनुपर्छ । साभार:सेतोपाटी

(डा भट्टराई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ तथा उपप्राध्यापक हुन) 

वेदोखिलो धर्म मूलम् , धर्मो रक्षति रक्षितः

Chitwan Mutu Aspatal Pvt. Ltd

Chitwan Mutu Aspatal Pvt. Ltd (CMA) is a super specialty hospital in cardiology. It is a center of excellence for preventive and curative healthcare services. 

Our Services

Useful Links

Contact details

Email:
info@chitwanmutuaspatalcom.np

Phone:
056-598340 (Reception)
056-598341 (Office)

Location:
We are located at  Bharatpur Dursanchar Road, opposite of Traffic District Offic
© Copyright 2021 Chitwan Mutu Aspatal Pvt. Ltd. All Rights Reserved
chevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram