Welcome to Chitwan Mutu Aspatal Pvt. Ltd, Bharatpur Chitwan
Emergency  Call at +056-598340

मुटुरोग विशेषज्ञ भन्छन्, ‘यि संकेतले तपाईमा मुटु रोग छ भन्ने देखाउँछ’

Home
Hospital  Introduction 
मुटुरोग विशेषज्ञ भन्छन्, ‘यि संकेतले तपाईमा मुटु रोग छ भन्ने देखाउँछ’

मुटुरोग विशेषज्ञ भन्छन्, ‘यि संकेतले तपाईमा मुटु रोग छ भन्ने देखाउँछ’

July 14, 2021
By

खासगरी मुटु रोग तीन प्रकारका हुन्छन् । बच्चा, वयष्क र प्रौड एवं पाको व्यक्तिलाई लाग्ने ।

पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरी समेत मुटु रोगको जोखिममा छन् । कतिपय उपचार गराइरहेका छन् । कति जटिल शल्यक्रियाको अवस्थामा गुजि्ररहेका छन् ।

यसको अर्थ के भने, मुटु रोग भन्नसाथ कुनै उमेर समूहमा लाग्ने होइन । बुढापाकालाई मात्र मुटु रोग लाग्छ भन्ने होइन । नवजवानलाई पनि यो रोगले गलाउन सक्छ ।

कसरी थाहा पाउने ?

आफुलाई मुटु रोग छ कि ? यो प्रश्नको उत्तर दिन हाम्रो शारीरिक अवस्था नियाल्नुपर्छ । मुटु रोग लागेको अवस्थामा मुटुको देव्रे भाग दुख्ने गर्छ । त्यसपछि यो दुखाई सरेर देव्रे च्यापुसम्म पुग्छ ।

मुटुमा समस्या भएकालाई सामान्य काम गर्न पनि गाह्रो हुन थाल्छ । गह्रौ काम गर्दा दुखाईको मात्रा बढेर जान्छ । यस्तो अवस्थामा हिँडडुल गर्न पनि गाह्रो हुने गर्छ ।

पहिले तीन तला सिंढी चढ्दा पनि केही नहुनेलाई एक तला पार गर्न गाह्रो पर्छ भने उसलाई कुनै न कुनै खालको मुटु रोग लागेको हुन सक्छ । मुटुको समस्या भएका मानिसलाई सामान्य काम गर्दा पनि अत्याधिक थकाईको अनुभुति हुन्छ ।

हृदयघात हुनुभन्दाअघि छातीमा सहन नसक्ने पीडा हुन्छ । यसका साथै पेटको माथिल्लो भाग दुख्ने, अत्याधिक पसिना बग्ने, वाकवाकी लाग्ने, बान्ता हुन जस्ता समस्या हुन्छन् । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जानुको विकल्प हुँदैन । अलिकति पनि ढिलो भयो भने ज्यानै जाने खतरा हुन्छ ।

 

युवाअवस्थामा मुटुको भल्व विग्रने समस्या पनि हुन्छ । जसलाई मेडिकल भाषमा रेम्याटिजम डिजिज भन्ने गरिन्छ । बाथ, ज्वरोको समस्याले यस्तो डिजिज हुन्छ । र, विस्तारै भल्व नै ड्यामेज हुन जान्छ ।

यस्तो अवस्थामा मुटु ढुकढुकी तीब्र गतिमा बढेको अनुभुति हुन्छ । छातीमा हात राख्न यसको सहजै अनुभव गर्न सकिन्छ । छाती भारी भएर आउने, खुट्टा सुन्निने पनि समस्या हुन्छ । कसैकसैको पेट पनि फुलेर आउने गर्छ ।

मुटुको समस्या भएका मानिसको श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । छिट्छिटो स्वास फुलेर आउछ भने मुटु रोग लागेको हुन सक्छ ।

कतिपयमा बंशाणुगत मुटु रोगको समस्या पनि हुन सक्छ । गर्भबाटै मुटुको समस्या बोकेर आएका बच्चाहरुको शारिरिक बृत्ती विकासमा समस्या हुने, हात खुट्टा वा पुरै शरीर पहेंलिएर जानेजस्ता समस्या देखिन्छन् । बंशाणुगत समस्याको कारण मुटु रोग भएमा बच्चाका तौल पनि नबढ्ने समस्या हुन्छ ।

खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसलमा पनि मुटु रोगको अत्याधिक सम्भावना हुन्छ ।

अत्याधिक धुम्रपान, खैनी सेवन गर्ने मुटु रोगको उच्च जोखिममा हुन्छन् । विभिन्न अनुसन्धानले नै भनेको छ की अत्याधिक धुम्रपान सेवन गर्नेहरु ५० वर्षभन्दा कम उमेरबाटै मुटु रोगको शिकार हुने गर्छन् ।

वेदोखिलो धर्म मूलम् , धर्मो रक्षति रक्षितः

Chitwan Mutu Aspatal Pvt. Ltd

Chitwan Mutu Aspatal Pvt. Ltd (CMA) is a super specialty hospital in cardiology. It is a center of excellence for preventive and curative healthcare services. 

Our Services

Useful Links

Contact details

Email:
info@chitwanmutuaspatalcom.np

Phone:
056-598340 (Reception)
056-598341 (Office)

Location:
We are located at  Bharatpur Dursanchar Road, opposite of Traffic District Offic
© Copyright 2021 Chitwan Mutu Aspatal Pvt. Ltd. All Rights Reserved
chevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram